फुलबारीमा रक्तदान तथा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

राजगञ्ज : फुलबारीमा रक्तदान शिविर र निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। फुलबारी मदरसा र जलसा कमिटीको पहलमा तथा सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगितामा आज फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला इलाकामा उक्त शिविरको आयोजना गरिएको हो।  यसको साथै लगभग 200 जना गरिब मानिसहरूलाई न्यानो लुगाफाटा वितरण गर्नको साथै तिनीहरूलाई खानेकुरो पनि व्यवस्था गरिएको थियो। उक्त शिविरमा जलपाईगढी जिल्ला परिषदका देवाशीष प्रामाणिक, फुलबारी 2 ग्राम पञ्चायत प्रधान दिलीप राय, न्यु जलपाईगढी थानाका ओसी पार्थ सारथी दास लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *