फुलबारीमा रम-रक्सीको दोकान बन्द गरिनुपर्ने मागमा प्रमिला वाहिनीद्वारा अभियान

राजगञ्ज: विदेशी रम-रक्सीको दोकान बन्द गर्नुपर्ने मागलाई लिएर प्रमिला वाहिनीले आज फुलबारी संलग्न पुटीमारी इलाकामा अभियान चलायो। फुलबारी संलग्न पुटीमारी इलाकामा एउटा लाइसेन्स प्राप्त विदेशी रम-रक्सीको दोकानमा इलाकाका महिलाहरूले दोकान बन्द गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरे। यस अवधि महिलाहरूले विदेशी रम-रक्सीको दोकान सहित रेस्तुराँमा पनि तोडफोड गरेको आरोप रहेको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेका थिए। यस सम्बन्धमा महिलाहरूले भनिन्, रम-रक्सीको दोकान बन्द गर्नुपर्छ। किनभने उक्त दोकानबाट रम-रक्सी किनेर धेरैजना मानिसहरू सडकमै बसेर पिउने गरेकोले गर्दा उक्त सडक भएर आवत-जावत गर्ने असुविधा भइरहेको छ। यसले गर्दा नानीहरूमा नराम्रो प्रभाव परिरहेकोले गर्दा रम-रक्सीको दोकान बन्द गर्नुपर्छ। अर्कोतिर, रम-रक्सी दोकानका मालिकले भने, दोकानबाट कसैले रम-रक्सी किनेर बाहिर नखाओस् भनेर सुरक्षाकर्मी तैनाथ गरिएको छ। केही मानिसहरूले जानीजानी यस प्रकारको कार्य गरिरहेको छ। दोकानमा जडान गरिएको सीसीटीभी लगायत केही समानहरू तोडफोड गरिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *