फुलबारीमा सड़क दुर्घटनामा दुईजना घाइते

राजगञ्ज : फुलबारीमा सड़क दुर्घटनामा दुईजना व्यक्ति घाइते भएका छन्। प्राप्त जानकारी अनुसार गत राति फुलबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत भोलामोड़ संलग्न इलाकामा बलुवा बोकेको एउटा डम्पर तीव्र गतिमा आइरहेको समय अनियन्त्रित भएर बिजुलीको खाँबोसित ठोक्किँदै दुईवटा दोकान भत्काएर एउटा घरभित्र पस्यो। उक्त घटनामा वाहन चालक लगायत खलासी घाइते भएका छन्। स्थानीय मानिसहरू घटनाबारे पुलिसलाई खबर दिएपछि न्यु जलपाईगढी पुलिस र दमकलकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *