फुलबारीमा सडक दुर्घटनामा व्यक्तिको मृत्यु

राजगञ्ज : सिलगढी संलग्न फुलबारी बजार इलाकामा गत राति मर्मान्तिक सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको परिचय थाहा लागेको छैन। स्थानीय सूत्रले दिएको जानकारीअनुसार गत राति साढे दस बजी सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी बजार इलाकामा एउटा मालवाहक वाहनले उक्त व्यक्तिलाई किच्चाएर घटनास्थलबाट चम्पट कसेको बताइएको छ। घटनास्थलमै उक्त व्यक्तिको मृत्यु भयो। यसपछि पुलिसलाई घटनाबारे जानकारी गराएपछि न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। घटनापछि स्थानीय मानिसहरूले उक्त सडकमा ट्राफिक पुलिस व्यवस्था गरिनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *