फुलबारीमा सडक दुर्घटनामा एकजना व्यक्ति घाइते

राजगञ्ज : फुलबारी बटालियन मोड संलग्न इलाकामा सडक दुर्घटनामा एकजना व्यक्ति घाइते भएका छन्। स्थानीय मानिसहरूले दिएको जानकारीअनुसार एकजना व्यक्ति स्कुटीमा सवार भएर फुलबारीबाट सिलगढीतर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा ट्रकसित ठोक्किँदा स्कुटीमा सवार व्यक्ति घाइते भएका छन्। घटनापछि घाइते व्यक्तिलाई उद्धार गरेर नजिकैको अस्पतालमा भर्ना गरिएको छ। घटनाको खबर पाएर फुलबारी ट्राफिक गार्ड तथा एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर ट्रक चालकलाई हिरासतमा लिनको साथै घटनाको जाँच शुरू गरेक पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *