फुलबारीमा सडक दुर्घटनामा एकजना घाइते

राजगञ्ज : फुलबारीमा सडक दुर्घटनामा एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार गत राति राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको फुलबारी क्यानल मोड इलाकामा एउटा ट्रक रोकिरहेको समय गजलडोबातर्फबाट आएको एउटा बाइकले सोझै ट्रकलाई धक्का दिँदा बाइकमा सवार व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। गम्भीर घाइते अवस्थामा तिनलाई उद्धार गरेर स्थानीय नर्सिङ होममा भर्ना गरिएको छ। घटनाको खबर पाएर जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *