फुलबारीमा सेक्युरिटी गार्डको झुन्डिएको अवस्थामा शव उद्धार

राजगञ्ज : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पुटीमारी नजिक इन्डस्ट्रियल पार्कमा कार्यरत सेक्युरिटी गार्डको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति कुचबिहारको शीतलकुची थाना अन्तर्गत केसुरबारी गाउँ निवासी यामिनी बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार यामिनी बर्मनले गत 3 वर्षदेखि फुलबारी इन्डस्ट्रियल पार्कमा सेक्युरिटी गार्डको रूपमा काम गर्दै आइरहेका थिए। आज बिहान घरभित्र झुन्डिएको अवस्थामा तिनको शव उद्धार भएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes