फुलबारीमा सुन दोकानबाट बहुमूल्य गर-गहनासहित अन्य सामग्री चोरी

राजगञ्ज : फुलबारी बजार इलाकामा एउटा सुन दोकानमा बहुमूल्य सुनका गर-गहनाहरू सहित 2 लाख रुपियाँको चोरी भएको छ। प्राप्त जानकारीअनुसार हिजो अबेर राति केही चोरहरूले फुलबारी बजार इलाकाका तैनाथ एकजना चौकीदारलाई बाँधेर राखेपछि सुन दोकानमा चोरी गरेको बताइएको छ। उक्त दोकानका मालिक रनदीप मण्डलले बताएअनुसार हिजो राति लगभग साढे तीन बजी एउटा चौकीदारले आफूलाई फोन गरेर दोकानमा चोरी भएकोबारे खबर दिए। यसपछि तत्कालै गएर हेर्दा दोकानको सटर भत्काएर दोकानमा राखेको सुनको बहुमूल्य गर-गहना सहित अन्य सामग्रीहरू चोरी भएको दोकान मालिकले बताए। 80-90 हजार रुपियाँ मूल्यको सुनको बहुमूल्य गर-गहना लगायत दुई लाख रुपियाँको समान चोरी भएको तिनले बताए। यसको साथै ती डकैतहरूले दोकानमा रहेको सन्दुक भत्काउने प्रयास गरे तापनि असफल भएको तिनले जानकारी दिए। दोकानमा जडान गरिएको सीसीटीभी क्यामारामा केही चोरहरूको फुटेज कैद भएको छ। उक्त बजार इलाकामा रहेका दुईजना चौकीदारमध्ये एकजनालाई तिनीहरूले बाँधेर राखेको थियो भने अन्य एकजना घटनास्थलबाट भाग्न सफल भएको बताइएको छ। चौकीदार नासिर मोहम्मदले बताएअनुसार ती चोरहरूसित आग्नेयास्त्रसहित धारिलो हतियार रहेको थियो भने तिनीहरूले आग्नेयास्त्र देखाएर आफूलाई बाँधेर राखे। यसपछि चोरी गरेर लगभग आधा घण्टापछि ती चोरहरू त्यहाँबाट चम्पट कसेको तिनले बताए। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes