फुलबारीमा ट्याङ्कर र ट्रेलर ठोक्किँदा 1 जना घाइते

फुलबारी : फुलबारीमा ट्याङ्कर र ट्रेलर आपस्तमा ठोक्किँदा एकजना घाइते भएको छ। उक्त घटना गत अबेर राति सिलगढी संलग्न सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी आमाईदिघी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार जलपाईगढी तर्फबाट एउटा तेलको ट्याङ्कर कोलकतातर्फ गइरहेको समय सिलगढीबाट जलपाईगढीतर्फ आइरहेको एउटा ट्रेलरसित फुलबारी आमाईदिघा इलाकामा आपस्तमा ठोक्किँदा खलासी घाइते भएको बताइएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त दुवैवटा वाहन आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *