फुलबारीमा तृणमूल-को विजया सम्मिलनीको आयोजना

राजगञ्ज : डाबग्राम-फुलबारी ब्लक तृणमूल कङ्ग्रेस कमिटीको पहलमा आज फुलबारीको सुरभी भवनमा विजया सम्मिलनीको आयोजना गरियो।  यस अवसरमा तृणमूल राज्य उपाध्यक्ष जय प्रकाश मजुमदार, राज्य तृणमूल कङ्ग्रेसका महासचिव डा. अलोक दास, त्रिपुरा तृणमूल पर्यवेक्षक राजीव ब्यानर्जी, सिलगढी नगरनिगमका मेयर गौतम देव, तृणमूल कङ्ग्रेस जलपाईगढी जिल्ला सभापति महुवा गोप, जलपाईगढी जिल्लाको आईएनटीटीयुसी जिल्ला सभापति राजेश लाकरा, जलपाईगढी जिल्ला परिषदका उपाध्यक्ष दुलाल देवनाथ, जिल्ला परिषद्का शिक्षा कर्माध्यक्ष देवाशीष प्रमाणिक लगायत स्थानीय नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *