फुलबारीमा ट्रक अनियन्त्रित भएर पल्टियो जलाशयमा 

फुलबारी :  फुलबारी-आमबारी टिस्टा क्यानलको फुलबारी संलग्न पुटिमारी इलाकामा एउटा ट्रक अनियन्त्रित भएर जलाशयमा पल्टिँदा ट्रक चालक भाग्यले बाँचे। घटना सम्बन्धी ट्रक चालकले बताएअनुसार सिलगढीको बानेश्वर मोड़मा सीमेन्ट अनलोड गरेर ट्रक फुलबारीतर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा बाइकलाई बचाउने क्रममा ट्रकको स्टियरिङ व्हिल लक हुँदा ट्रक अनियन्त्रित भएर नजिकैमा रहेको एउटा जलाशयमा पल्टियो। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर उक्त ट्रक उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *