फुलबारीमा ट्रकले किच्चाएर महिलाको मर्मान्तिक मृत्यु

सिलगढी : फुलबारी 1 नम्बर अञ्चलको भोलामोडमा ट्रकले किच्चाएर एउटी महिलाको मर्मान्तिक मृत्यु भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार बकराभिटा निवासी उक्त महिला कामबाट घर फर्किरहेको समय भोलामोडमा एउटा ट्रकले किच्चाएर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूले उक्त ट्रकलाई रोकेर राखे तापनि ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले घटनास्थलबाट ट्रक उद्धार गरेर थानामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *