फुलबारीमा ट्रक र टोटो ठोक्किँदा 3 जना घाइते

राजगञ्ज : फुलबारी संलग्न जियागञ्जमा ट्रक र टोटो ठोक्किँदा 3 जना घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारीअनुसार जियागञ्ज इलाकामा यात्री उठाउनको लागि एउटा टोटो रोकिएको समय जलपाईगढीतर्फबाट आइरहेको एउटा ट्रकले उक्त टोटोलाई पछिल्तिरबाट धक्का दिएर घटनास्थलबाट भागेको बताइएको छ। घटनामा टोटो चालक सहित अन्य 2 जना घाइते भएका छन् भने तिनीहरूलाई तत्कालै उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर टोटोलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *