फुलबारीमा वाहनको यन्त्र चोरी गर्ने युवक पक्राउ

राजगञ्ज : फुलबारी बाइपास ट्रक टर्मिनल इलाकामा वाहनको यन्त्रहरू चोरी गरिरहेको समय एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक चम्पदगछ इलाका निवासी नुर इस्लामको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार मकै बोकेको लरीबाट दुईजना युवकले ब्याट्री लगायत वाहनको यन्त्र चोरी गर्ने प्रयास गरिरहेको समय एकजना व्यक्तिले देखेपछि तिनीहरूलाई पक्रिने प्रयास गर्दा एकजना युवकले सुइँकुच्चा ठोके तापनि अन्य एकजना युवकलाई स्थानीय मानिसहरूले पक्राउ गरेको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई पक्रेर थानामा लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *