फुलबारी पश्चिम धनतलाको एउटा घरमा चोरी

राजगञ्ज : राजगञ्जको फुलबारी 2 ग्राम पञ्चायतको पश्चिम धनतला निवासी बिनिता रायको घरबाट सुनको बहुमूल्य गर-गहना, काँसको भाडाकुडा लगायत नगद 30 हजार रुपियाँ चोरी भएको छ। प्राप्त जानकारीअनुसार पश्चिम धनतला निवासी बिनिता राय गत बुधबार छोरा-छोरीलाई साथमा लिएर जलपाईगढीमा बिहेमा गएकी  थिइन्। गत साँझ तिनी घर फर्कि आउँदा घरको ताला भत्केको अवस्थामा रहेको साथै घरभित्र पसेर हेर्दा आलमारी तथा घरको सर-समानहरू छरपस्ट अवस्थामा रहेको देखिन्। बिनिता देवीले बताएअनुसार सुनको बहुमूल्य गर-गहना, काँसको भाडाकुडा लगायत नगद 30 हजार रुपियाँ गरेर मोठ 60 हजार रुपियाँको चोरी भएको छ। जनबहुल इलाकामा चोरीको घटना घटेकोले इलाकावासीहरू आतङ्कित बन्न पुगेका छन्। गरिब परिवारको सहयोग गरिदिने तिनीहरूले प्रशासन समक्ष अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *