फुलबारी सीमातर्फ जाने सड़कलाई जाम मुक्त गराउने मागमा स्थानीय महिलाहरूद्वारा विरोध प्रदर्शन

राजगञ्ज : फुलबारी सीमातर्फ जाने सड़कलाई जाम मुक्त गर्ने मागमा स्थानीय महिलाहरूले आज विरोध प्रदर्शन गरिन्। एशियन हाईवे 2 –मा दिनहुँ सैकड़ौँ ट्रक रोकेर राख्ने गरेकोले सीमा भएर आवत-जावत गर्ने साधारण मानिसहरू लगायत स्थानीय मानिसहरूलाई निक्कै असुविधा हुने गर्दछ। यस विरुद्ध पुलिसद्वारा अभियान चलाए तापनि स्थिति यथावत् रहेको छ। यसैले आज स्थानीय महिलाहरूले फुलबारी-बङ्ग्लादेश जाने सड़कमा विरोध प्रदर्शन गरिन्। यस सम्बन्धमा स्थानीय रिङ्कु सरकार बर्मनले बताएअनुसार धेरै वर्षदेखि उक्त सड़कमा जामको समस्या भइरहेकोले गर्दा स्कुल जाने नानीहरूलाई यस सड़क भएर आवत-जावत गर्नमा निक्कै असुविधा हुने गर्दछ। यसको साथै महिलाहरूले  पनि उचित सुरक्षा पाएका छैनन्। स्थानीय मानिसहरूलाई कुनै बिरामी भएको खण्डमा अस्पताल लैजानको लागि पनि एम्बुलेन्स आउने ठाउँ नरहेको तिनले आरोप लगाइन्। उक्त सीमामा दुईवटा निजी पार्किङ स्थल रहेको थियो भने हाल त्यसलाई बन्द गरिदिएको छ। सरकारी पार्किङ स्थल खुल्ला रहे तापनि त्यहाँ उचित बुनियादी ढाँचाको कमीले गर्दा वाहन चालकहरूले त्यहाँ पार्किङ नगरेपछि सड़कमै वाहनहरू रोकेर राख्ने गर्दछन्। यसले गर्दा उक्त सडक भएर आवत-जावत गर्ने मानिसहरूले निक्कै समस्याको सामना गर्न पर्दछ। यसैले जामको समस्याबाट चाँडै निजात दिलाउने व्यवस्था गरियोस भन्ने प्रशासनसमक्ष आफूहरूको माग रहेको  तिनले बताइ। विरोध प्रदर्शनको खबर पाएपछि राजगञ्जका बीडीओ पंकज कोनार र न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर केही दिनको अवधिमा समस्याको समाधान गरिदिने आश्वासन दिएपछि प्रदर्शनकारीहरूले विरोध प्रदर्शन बन्द गरिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.