फुलबारी सीमामा बीएसएफ-को 176औँ बटालियनको तर्फबाट विभिन्न कार्यक्रमको आयोजना

राजगञ्ज : स्‍वतन्त्रता दिवसको 75औँ वर्षगाँठको अवसरमा अमृत महोत्सव कार्यक्रम अन्तर्गत राजगञ्जको फुलबारी सीमामा बीएसएफ 176औँ बटालियनको तर्फबाट विभिन्न कार्यक्रमहरूको आयोजना गरियो। बीएसएफको तर्फबाट आज सीमावर्ती इलाकाको विभिन्न स्कुलका विद्यार्थी तथा स्थानीय मानिसहरूलाई लिएर एउटा र्‍याली निकालिइयो। सबैले हातमा भारतको राष्ट्रिय झण्डा बोकेर वन्दे मातरमभारत माताकी जयनाराको साथमा काँटा तारको बेरा भएर र्‍याली सुरू गरियो।


यसको साथै बीएसएफ-द्वारा विभिन्न युद्धहरूमा प्रयोग गरिने हात-हतियारको प्रदर्शन गरियो। बीएसएफ अधिकारीहरूले बङ्ग्लादेशको बर्डरमा तैनाथ जवानहरूलाई मिठाईको प्याकेट दिएर बधाई पनि दिए। यस सम्बन्धमा बीएसएफ सिलगढी डिभिजनके डीआईजी एनएस आउजलाले बताएअनुसार आउँदो पिँढीलाई स्वतन्त्रता दिवस र राष्ट्रिय ध्वजको महत्व बुझाउन साथै राष्ट्रिय झण्डाको महत्व सदैव स्मरण गराउने उद्देश्य लिएर उक्त र्‍यालीको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *