फूलबारी सिमानामा ट्रकको टायर चोर रंगेहात पक्राउ

फूलबारी, 11 जनवरी (निसं): रोकेर राखेको ठाउँमा ट्रकको टायर चोर्न आएको चोरलाई स्थानीय मानिसहरूले रंगे हात समातेर पुलिसको हातमा सुम्पिदिएको छ। यो घटना शुक्रबार राति सिलगढी संलग्न फूलबारी सीमा नजिक आमाईदिघी क्षेत्रमा भएको हो। यहाँ फूलबारी क्षेत्रमा बीच-बीचमा ट्रकको टायर र वाहनका विभिन्न पार्ट्स चोरी हुने घटना भइरहन्छ। शुक्रबार राति पनि फूलबारीको आमाईदिघी क्षेत्रमा एकजना युवकलाई रोकेर राखेको ट्रकको टायर चोरी गरिरहेको अवस्थामा देखेपछि स्थानीय मानिसहरूले समाते। त्यसपछि युवकलाई धुलाई गरेपछि पुलिसलाई जानकारी दिइयो। खबर पाएर न्यू जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई थानामा लिएर गए। पुलिसले घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *