फुलबारी सिमानामा रक्तदान शिविर साथै निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

राजगञ्ज (निसं): फुलबारी सिमानामा रक्तदान शिविर साथै निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। फुलबारी सिमानामा आज फुलबारी 2 बर्डर लोकल ट्रक ओनर्स वेलफेयर एसोसिएशन, फुलबारी बर्डर ड्राइवर्स एसोसिएशन अनि फुलबारी एक्सपोर्टर एण्ड इम्पोर्टर वेलफेयर एसोसिएशन-को संयुक्त तत्वावधानमा निःशुल्क स्वास्थ्य जाँच तथा रक्तदान शिविरको आयोजना गरियो। लायन्स क्लब अफ् सिलगढी युनाइटेड ग्रेटर र आस्था सुपर स्पेशियलिटी अस्पतालको सहयोगमा उक्त शिविरको आयोजना गरिएको थियो। यस सम्बन्धमा फुलबारी 2 बर्डर लोकल ट्रक ओनर्स वेलफेयर एसोसिएशनका सचिव शुभङ्कर नस्करले जानकारी दिँदै आज रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए। शिविरमा ट्रक मालिक, चालक तथा व्यवसायीहरूले रक्तदान गरे। शिविरमा संग्रह गरेको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *