फुलबारी सुपर मार्केट व्यवसायी समितिद्वारा रक्तदान शिविरको आयोजना

राजगञ्ज : फुलबारी सुपर मार्केट व्यवसायी समितिको पहलमा तथा सिलगढी तराई ब्लड ब्याङ्कको सहयोगमा आज रक्तदान शिविरको आयोजना गरियो। मैनागढीको दोमोहनी इलाकामा भएको विकानेर एक्सप्रेस रेल दुर्घटनामा धेरैजना यात्रुहरू घाइते भएपछि हाल तिनीहरू उपचाराधीन अवस्थामा छन्। ती घाइतेहरूको उपचार अवधि रगतको समस्या नहोस् भन्ने उद्देश्य लिएर उक्त रक्तदान शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरमा मोठ 40 युनिट रगत संग्रह गर्ने लक्ष्य रहेको समितिका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *