राजगञ्ज: फुलबारी टिस्टा क्यानलबाट एकजना अज्ञात व्यक्तिको शव उद्धार गरिएको छ। स्थानीय मानिसहरूले आज बुधवार साँझ फुलबारी - 2 नम्बर ग्राम पञ्चायतको पुटीमारी संलग्न फुलबारी टिस्टा क्यानलमा एउटा शव देखे। यसपछि घटनाको सूचना एनजेपी थाना पुलिसलाई दिएपछि पुलिस घटना स्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाइ दिएको छ। समाचार लेखुञ्जेलसम्म मृतकको पहिचान हुन सकेको छैन्।