फुलबारी टिस्टा क्यानलबाट अज्ञात महिलाको मृतदेह उद्धार

राजगञ्ज : फुलबारी टिस्टा क्यानलबाट अज्ञात महिलाको मृतदेह उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान मर्निङ वकमा निस्केका स्थानीय मानिसहरूले फुलबारी गठमाबारी इलाकाको टिस्टा क्यानलको 6 नम्बर लकगेटमा एउटा शव तैरिरहेको देखेपछि घटनाबारे न्यु जलपाईगढी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *