फुलबारी टिस्टा क्यानलबाट अज्ञात व्यक्तिको शव उद्धार

राजगञ्ज : फुलबारी टिस्टा क्यानलबाट अज्ञात व्यक्तिको शव उद्धार भएको छ। सिलगढी संलग्न फुलबारी मर्डर मोड इलाकाको टिस्टा क्यानलबाट  आज अज्ञात व्यक्तिको शव उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज दिउँसो स्थानीय मानिसहरूले फुलबारीको टिस्टा क्यानलमा एउटा शव तैरिरहेको देखेपछि बाँसको सहयोगमा यसलाई रोकेर राखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। हात-खुट्टा बाँधेको अवस्थामा उक्त शव उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *