फुलबारी टिस्टा क्यानलमा डुबेर युवक निखोज, खोजी जारी

फुलबारी :  फुलबारी टिस्टा क्यानलमा डुबेर एकजना युवक निखोज भएपछि हालसम्म खोजी जारी रहेको छ। उक्त घटना गत राति फुलबारी 2 नम्बर ग्राम पञ्चायतको टिस्टा क्यानल रोडको क्यानल बस्ती इलाकामा घटेको हो। उक्त युवकको नाम मृगाङ्क चौधुरी (23) बताइएको छ। तिनी सिलगढीको 30 नम्बर वार्ड निवासी हुन्। प्राप्त जानकारी अनुसार हिजो साँझ दुईजना साथी टिस्टा क्यानल इलाकामा गएका थिए। त्यस समय मृगाङ्क अचानक पानीमा डुब्दा तिनका साथी मदतको गुहार लगाउँदै चिच्याउँन थालेपछि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर तिनको खोजी गरे तापनि कुनै पत्तो लागेन। आज बिहान एनजेपी थाना पुलिस र डिजास्टर ग्रुपका सदस्यहरू घटनास्थलमा पुगेर उक्त युवकको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *