फुलबारी टिस्टा क्यानलमा वाहन झर्दा भाग्यले बाँचे 4 जना यात्रु

राजगञ्ज : गजलडोबा फुलबारी टिस्टा क्यानलको शिवनाथपाड़ा संलग्न इलाकामा एउटा वाहन अनियन्त्रित भएर टिस्टा क्यानलमा झर्दा वाहनमा सवार 4 जना भाग्यले बाँचे। अनियन्त्रित वाहन टिस्टा क्यानलमा झर्न अगावै उक्त वाहनको ऐना फुटाएर वाहनमा सवार 4 जना वाहनबाट सुरक्षित बाहिर निस्केको बताइएको छ। वाहनमा सवार सुभाष रायले बताएअनुसार आज बिहानै वाहन चालक सहित आफूहरू 4 जना क्रान्तिबाट एकजना रोगीलाई हेर्नको लागि सिलगढी गइरहेका थियौँ। वाहनमा आफूहरू सुतिरहेको समय वाहन अनियन्त्रित भएर टिस्टा क्यानलमा झरेपछि उक्त वाहनको ऐना फुटाएर आफूहरू वाहनबाट सुरक्षित बाहिर निस्केको तिनले बताए। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त वाहन उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *