फुलबारी टिस्टा क्यानल रोडमा सडक दुर्घटना हुँदा 3 जना घाइते

राजगञ्ज : फुलबारी टिस्टा क्यानल रोडको नवापाडा मोड इलाकामा सडक दुर्घटनामा 3 जना घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार फुलबारीबाट एउटा पिकअप भ्यान गजलडोबातर्फ गइरहेको समय साहुडाङ्गीबाट गन्डारमोडतर्फ आइरहेको एउटा ट्रक नवापाडा मोडमा पुगेपछि दुईवटा वाहन आपस्तमा ठोक्किदा पिकअप भ्यान अनियन्त्रित भएर बिजुलीको खाँबोसित ठोक्कियो। उक्त घटनामा पिकअप भ्यानका चालक सहित 2 जना घाइते भएका छन्। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *