फुलबारी तृणमूल श्रमिक संगठनको जनसभा

सिलगढी : फुलबारी 1 नम्बर ग्राम पञ्चायतको भोलामोड़मा फुलबारी तृणमूल श्रमिक संगठनको तर्फबाट जनसभाको आयोजना गरियो। उक्त जनसभामा लगभग 40 जना भाजपा समर्थकहरू आफ्नो पार्टी छोडेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। जिल्ला श्रमिक संगठनका अध्यक्ष अरूप रतन घोषेले ती सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा फुलबारी तूणमूल कांग्रेसका अध्यक्ष देवाशीष प्रामाणिक, डाबग्राम फूलबारी युवा तूणमूल कांग्रेसका अध्यक्ष गौतम गोस्वामी, एनजेपी आईएनटीटीयुसी अध्यक्ष प्रसेनजीत रायलगायत अन्य मानिसहरू उपस्थित थिए। उक्त सभामा श्रमिकहरूको सुविधा-असुविधाहरूबारे चर्चा-परिचर्चा गरियो। यसको साथै श्रमिक संगठनको तर्फबाट श्रमिकहरूलाई परिचय पत्र प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *