फुलबारी उच्च विद्यालयको 53औँ वार्षिक क्रीडा प्रतियोगिता

राजगञ्ज : फुलबारी उच्च विद्यालयको 53औँ वार्षिक क्रीडा प्रतियोगिताको आज जलपाईगढी जिल्ला परिषद्का सदस्य देवाशीष प्रमाणिकले मशाल जलाएर झण्डा उत्तोलन गरेपछि शुरू गरियो। उक्त प्रतियोगितामा मोठ 40 वटा खेलको आयोजना गरिएको जसमा लगभग 270 जना विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। क्रीडा प्रतियोगितामा फुलबारी 2 ग्राम पञ्चायत प्रदान दिलीप राय, विद्यालय परिचालन समितिका सभापति मोशेद अली खान, शिक्षिका महुआ झालगायत विद्यालयका अन्य शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *