फुलबारी युवा तृणमूलद्वारा कोरोना संक्रमित परिवारहरूलाई खाद्य सामग्री प्रदान

राजगञ्ज : फुलबारी युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज कोरोना संक्रमित 3 परिवारलाई एक महिनाको लागि खाद्य सामग्री प्रदान गरियो। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको राजीब नगर इलाकाका तीनजना कोरोना संक्रमित भएका छन्। आज फुलबारी युवा तृणमूल कङ्ग्रेसको तर्फबाट एवम् डाबग्राम फुलबारी ब्लक प्रेसिडेन्ट देवाशीष प्रामाणिकको सहयोगमा तिनीहरूलाई 1 महिनाको खाद्य सामग्री प्रदान गरियो। यस अवसरमा फुलबारी युवा तृणमूल कङ्ग्रेसका उपाध्यक्ष आलतार हुसेनले बताएअनुसार गत 4 दिन अघि राजीव नगर इलाकाका 3 जना कोरोना संक्रमित भएका थिए। हिजो उक्त इलाकामा सेनिटाइज पनि गरियो भने आज कोरोना संक्रमित परिवारहरूलाई एक महिनाको लागि चामल, दाल, तेल लगायत अन्य खाद्य सामग्रीहरू प्रदान गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetJojobetzenbetPerabetperabetjojobet Built with ❤︎ by appycodes