फुलेश्वरी बजार इलाकाबाट व्यक्तिको शव उद्धार

सिलगढी : सिलगढीको फुलेश्वरी बजार इलाकाबाट एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति सिलगढी नगरनिगमको 24 नम्बर वार्ड अन्तर्गत देवाशीष कोलनी निवासी 32 वर्षीय समीर दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति स्थानीय मानिसहरूले फुलेश्वरी ब्रिजमा व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अधिक रक्सी पिएकोले शारीरिक अस्वस्थ्यताको कारण उक्त व्यक्तिको मृत्यु भएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *