फुलेश्वरीका केही परिवारद्वारा आवश्यकमन्दहरूलाई नयाँ लुगाफाटा वितरण

सिलगढी : दुर्गा पुजाको ठिक अघि फुलेश्वरीका केही परिवारहरूले आवश्यकमन्द मानिसहरूलाई नयाँ लुगाफाटा प्रदान गरे। लकडाउनले गर्दा लगभग सबै मानिसहरू हाल समस्यामा परेका छन्। विशेषगरी, गरिब मानिसहरू धेरै समस्यामा परेकोले तिनीहरूलाई केही सहयोग गर्ने उद्देश्य लिएर फुलेश्वरीका केही परिवारले आवश्यकमन्द मानिसहरूलाई नयाँ लुगाफाटा प्रदान गरेको बताइएको छ। तिनीहरूले आज आमबाड़ीको भेल्कीपाड़ामा लगभग 35 जना नानीहरूलाई नयाँ लुगाफाटा वितरण गरे। यदि सबैले यस प्रकारको पहल गरे कुनै पनि आवश्यकमन्द मानिसहरू यस वर्ष दुर्गा पुजा अवधि नयाँ लुगाबाट वञ्चित नरहने अनुतोष सरकारले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *