फुलपातीलाई लिएर तीनधारेमा सभा

खरसाङ (निसं) : तीनधारेमा यस वर्ष 2022 को फुलपाती समारोह तीनधारेको स्मृति वनमा आयोजना गरिने भएको छ। यसै विषयलाई लिएर आज तीनधारेमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा यसपाली पनि तीनधारेमा सबैलाई समेटेर फुलपाती समारोह आयोजना गरिने र यसको लागि पुरानै फुलपाती समारोह समितिलाई यथावत राखेर फुलपाती समारोह आयोजना गरिने जानकारी प्राप्त भएको छ। सभापछि फुलपाती समारोह समितिका सचिव उत्तम शर्माले पत्रकारहरूसित कुराकानी गर्दै भने, यसपाली पनि हामीले तीनधारेको स्मृति वनमा फुलपाती समारोह समितिको आयोजनामा सबैलाई समेटेर फुलपाती समारोह आयोजना गर्ने भएका छन्। फुलपाती समारोह आयोजनाको लागि आगामी 21 अगस्तको दिन तीनधारेमा सबै संघ संस्थाहरूलाई लिएर सभा गरिने तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *