फूलबारीमा बिहार नम्बरको बसबाट अवैध टिक काठको फर्नीचरहरू उद्धार

सिलगढी: फूलबारीमा बिहार नम्बरको बसबाट अवैध टिकको काठको फर्नीचरहरू वन विभागले उद्धार गरेको छ। गोप्य सूत्रको आधारमा गत राति बैकुण्ठपुर वन विभागको डाबग्राम रेञ्ज अधिकारी श्यामाप्रसाद चाकलदारको नेतृत्वमा वन कर्मीहरूले फूलबारी बटालियन मोड़मा अभियान चलाए।


यस अवधि वनकर्मीहरूले बिहार नम्बरको एउटा बसलाई रोकेर छानबिन गर्दा टिकको काठको बेड सहित 50 हाजर रूपियाँ मूल्यको अवैध फर्नीचरहरू उद्धार गरे। वन विभाग सूत्रले बताए अनुसार कुनै वैध कागज बिनै उक्त फर्नीचरहरू जयगाँउबाट बिहार लगिरहेको थियो।

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *