फुल साउन्डमा बजिरहेको डीजे बन्द गर्ने निर्देश दिँदा उल्टै पुलिसको भ्यान तोडफोड, 3 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन अन्तर्गत आशिघरको हाथियाडाङ्गास्थित नीच बस्ती इलाकामा गत राति एउटा कार्यक्रम अवधि फुल साउन्डमा डीजे बजाइरहेको अभियोग पाएपछि पुलिस घटनास्थलमा पुग्दा उल्टै पुलिस भ्यान तोडफोड गर्नको साथै पुलिसलाई घेरेर क्षोभ प्रकट गरेको आरोप रहेको छ। अभियोग पाएपछि आशिघर आउटपोस्ट पुलिस कार्यक्रमस्थलमा पुगेर डीजे बन्द गर्ने निर्देश दिँदा उल्टै कार्यक्रममा उपस्थित मानिसहरूले पुलिसको पेट्रोलिङ भ्यान तोडफोड गरेको बताइएको छ। उक्त घटनामा पुलिसको भ्यान क्षतिग्रस्त भएको छ। घटनाको खबर पाएर आशिघर आउटपोस्टका ओसी विश्वजीत घोष घटनास्थलमा पुगेर स्थित नियन्त्रणमा ल्याए। यसको साथै पुलिस भ्यान तोड़फोड़ गरेको आरोपमा पुलिसले सरबोन पासवान (22), सञ्जय रजक (34) र महेश सहनी (22)-लाई पक्राउ गरेको छ। पक्रा परेका 3 जना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाएको छ। स्मरण रहोस्, कोलकाता हाईकोर्टले ध्वनि प्रदूषण एवम् सामाजिक वातावरणलाई ध्यानमा राखेर डीजेमाथि ब्यान लगाएको छ। हाई कोर्टको निर्देश अनुसार सिलगढी मेट्रोपोलिटन पुलिसले मानिसहरूलाई डीजे नबजाउने अपील गरिरहे तापनि गत रातिको घटनाले प्रश्न चिन्ह खडा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes