फुलपाती समारोहबारे खरसाङमा भागोप्रमो-को सभा

खरसाङ (निसं): आगामी फुलपाती समारोहलाई लिएर आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको दोस्रो सभा पार्टी कार्यालयमा सम्पन्न भयो। फुलपाती समारोह समितिको संयोजक पेमेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सभामा आगामी फुलपाती समारोह विषयमा व्यापक चर्चा-परिचर्चा गरियो। सभालाई खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, संयोजक पेमेन्द्र गुरुङ, महकुमा सदस्य प्रेम बम्जन, गुञ्जन शर्मा, नारी शक्ति केन्द्रीय अध्यक्ष अनु प्रधान, केन्द्रीय सदस्य जैतुन निशा खातुन,मैया ठकुरी, खरसाङ टाउन कमिटीको सचिव सूर्य कमल छेत्री, टाउन कमिटीको सदस्य सन्तोष परी, युवा शक्ति खरसाङ टाउन कमिटीको सचिव बन्धन लामा आदिले वक्तव्य राखे। वक्ताहरूले फुलपाती समारोह विषयमा विभिन्न सुझावहरू दिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले यसबारे जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *