फुवागढीमा कर्मचारीहरूलाई मिक्सर ग्राइन्डर र स्ट्याण्ड फेन वितरण

मिरिक: मिरिकको फुवागढी चिया बगानका कर्मचारीहरुलाई आज तिनीहरुको कल्याणार्थ मिक्सर ग्राइन्डर अनि स्ट्याण्ड फेन वितरण गरियो। कमानको कुसुम एम्प्लोइज वेलफेयर सोसाइटीको आयोजनामा फेयर ट्रेड सर्टिफिकेशन अन्तर्गत कमानका मूल प्रबन्धक एवम् सोसाइटीका अध्यक्ष आरएस राठोड लगायत सोसाइटीका उपाध्यक्ष नवनित प्रसाद, सचिव सरना लोहार, कोषाध्यक्ष निता राईको बाहुलीबाट मोठ 473 कर्मचारीहरुलाई आज बिहान मिक्सर ग्राइन्डर अनि स्ट्याण्ड फेन वितरण गरियो। यस अवसरमा कमानका मूल प्रबन्धक एवम् सोसाइटी अध्यक्ष आरएस राठोडले कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *