गाई-गोरूसहित एकजना पक्राउ

खोरीबारी : एसएसबी 41औँ बटालियनको जोरलाजोत क्याम्पका जवानहरूले अवैध रूपमा नेपालबाट ल्याइरहेको गाई-गोरूसहित एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार नाका चेकिङ अवधि भारत-नेपाल सीमाको पिलर संख्या 94/3 नजिक नेपालतर्फबाट चारवटा गाई-गोरू ल्याइरहेको देखेपछि एसएसबीका जवानहरूले तिनीहरूलाई भारतीय सीमामा रोकेर गाई-गोरू जफत गर्नको साथै एकजना युवकलाई पनि पक्राउ गरेको बताइएको छ। आवश्यक कार्वाहीपछि एसएसबीले जफत गरेको गाई-गोरीसहित पक्राउ गरेको युवकलाई खोरीबारी थानालाई सुम्पिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *