गाई-गोरी चोरी गरेको सन्देहमा दुईजना हिरासतमा

सिलगढी : एनजेपी थाना पुलिसले गाई-गोरू चोरी गरेको सन्देहमा एउटी महिलासहित एकजना युवकलाई हिरासतमा लिएको छ। प्राप्त जानकारी अनुसार आज यी दुईजनाले एउटा गाईलाई लिएर गइरहेको समय सिलगढीको नौकाघाट मोड़मा कार्यरत ट्राफिक पुलिसले तिनीहरूलाई रोकेर सोधखोज गरे। सोधखोज अवधि ट्राफिक पुलिसलाई दुवैमाथि सन्देह भएपछि तिनीहरूलाई एनजेपी पुलिसलाई सुम्पिदिएको बताइएको छ। ती दुवैलाई सोधखोजको लागि थानामा लगिएको पुलिस सूत्रमार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *