गाई-गोरू र भैँसी अवैध रूपमा लैजाने 10 युवक अदालतमा पेश

सिलगढी : मालवाहक ट्रकमा अवैध गाई-गोरू र भैँसी लादेर लगेको आरोपमा 10 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। बीएसएफ 51औँ बटालियनले सिलगढीको फुलबारीमा एउटा क्यान्टर र दुईवटा ट्रकबाट 80 वटा अवैध गाई-गोरू तथा भैँसी जफत गरेको छ। गोप्य सूचनाको आधारमा फुलबारी सीमान्तको 51औँ बटालियनका जवानहरूले अभियान चलाएर एउटा क्यान्टर र दुईवटा ट्रकबाट 80 वटा अवैध गाई-गोरू भैँसीसहित 10 जना युवकलाई पक्राउ गरेको बताइएको छ। यसको साथै 6 वटा मोबाइल, 47 हजार भारतीय मुद्रा जफत गरेको छ। जफत गरेको अवैध गाई-गोरू, भैँसीसहित अन्य सामाग्रीको बजार मूल्य लगभग 52 लाख 61 हजार रहेको बताइएको छ। बीएसएफका जवानहरूले जफत गरेको अवैध गाई-गोरू अन्य सामग्रीलगायत 10 जना युवकलाई एनजेपी थानामा सुम्पिदिएको छ। उत्तर दिनाजपुरको पाञ्जीपाडाबाट असमतर्फ उक्त अवैध गाई-गोरू र भैँसी लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *