गाई-गोरूसहित एकजना पक्राउ

खोरीबारी : एसएसबी 41औँ बटालियनको ई कम्पनी मदनजोत अन्तर्गत पर्ने कुटियाजोत बीओपीका जवानहरूले पेट्रोलिङ अवधि गाई-गोरूसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति छोटा मनीराम जोत नक्सलबारी निवासी मोहम्मद फिरोजको रूपमा चिन्हित गरिएको छ। एसएसबी सूत्रले दिएको जानकारीअनुसार भारत-नेपाल सीमास्थित पिलर संख्या 89 नजिक जवानहरूले पेट्रोलिङ अवधि नेपालबाट अवैध रूपमा गाई-गोरू ल्याइरहेको देखेपछि 13 वटा गाई-गोरूसहित एकजना तस्करलाई पक्राउ गरेको हो। जफत गरेको अवैध गाई-गोरूसहित उक्त व्यक्तिलाई नजिकैको थानामा सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *