गाईले जन्मायो जुम्ल्याहा बाछो

कालेबुङ: कालेबुङ जिल्लाको रेली नजिक लोलेको धजेमा एउटा गाईले जुम्ल्याहा बाछो जन्माएको छ। गाईले दुई वटा बच्चा जन्माएपछि अचम्म मानेर हेर्नेहरूको भीड लागेको छ। गाईले दुईवटा बच्चा जन्माएको घटना निक्कै दुर्लभ रहेको साथै यस्तो घटना गाउँमा पहिलोपटक देखेको स्थानीय मानिसहरूले बताएका छन्। धजेका स्थानीय डम्बर अधिकारीले घरमा पालेको गाईले आज दुईवटा बच्चा जन्माए पछि परिवारका सदस्यहरू पनि खुशी भएका छन्। उक्त गाईले लगभग 45 मिनटको अन्तरालमा दुईवटा बाछो जन्माएको स्थानीय मानिसहरू मार्फत थाहा लागेको छ। बच्चा जन्माएको गाई तथा नवजात जुम्ल्याहा बाछोहरू हाल स्वस्थ रहेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *