गेल खोला छेउ सेनाको वाहन खस्यो नदीमा, एकजना घाइते, चालक निखोज

टिस्टा (निसं) : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत टिस्टा नजिक गेल खोला छेउमा आज शनिबार दिउँसो सेनाको एउटा वाहन दुर्घटना भएको छ। प्राप्त जानकारी अनुसार सिक्किमदेखि सिलगढीतर्फ गइरहेको समय कन्भोयबाट एउटा वाहन गेल खोला नजिक आइपुग्दा अनियन्त्रित भएर सोझै टिस्टा नदीमा खस्यो। उक्त दुर्घटनामा एकजना सैनिकलाई गम्भीर चोट लागेपछि घाइते अवस्थामा मानिसहरुले उद्धार गरेको छ भने अर्का एकजना सैनिक (वाहन चालक) वाहनसितै टिस्टा नदीमा डुबेपछि निखोज भएको बताइएको छ। अर्कोतिर, घटनाको खबर पाउन साथ कालेबुङ जिल्ला अन्तर्गत रियाङ थाना अनि टिस्टा पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच गरिरहेको छ। यसैगरी, टिस्टा रङ्गित रेश्क्यु सेन्टरको टोलीले टिस्टा नदीमा बोटको सहयोगमा निखोज जवानको खोजी कार्य शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *