गैँडाको सिङ र हात्तीको दाँतसहित तीनजना पक्राउ

राजगञ्ज : गैँडाको सिङ र हात्तीको दाँतसहित तीनजना अन्तर्राष्ट्रिय तस्करहरूलाई बैकुण्ठपुर वन विभागको उत्तरबङ्ग स्पेशल फोर्सले पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले भुटान निवासी अर्जुन तिवारी, सिक्किम निवासी सुभाष छेत्री र अलिपुरद्वार निवासी पीटर राई सामेल छन्।


टास्क फोर्स प्रधान तथा बेलाकोवा रेञ्ज अधिकारी सञ्जय दत्तले बताएअनुसार गोप्य सूचनाको आधारमा शुक्रबार मालबजार इलाकामा अभियान चलाएर हात्तीको दाँत र गैँडाको सिङसहित तीनजना तस्करलाई पक्राउ गरेको हो। यसको साथै दुईवटा सानो वाहन पनि जफत गरेको छ। पक्रा परेका तीनजना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *