गैरीबासका 50 परिवार नेशनल पिपल्स पार्टीमा सामेल

झोलुङ :  नेशनल पिपल्स पार्टी कालेबुङ विधानसभा आसनका उम्मेद्वार पेन्जो गम्पु भुटियाले आज कालेबुङ खण्ड तीन अन्तर्गत पर्ने 44 नम्बर समष्टि क्षेत्रमा चुनाउ प्रचार गरे। यसै क्रममा गैरीबासमा एउटा चुनावी सभाको पनि आयोजना गरियो। उक्त सभामा यस क्षेत्रका 50 भन्दा अधिक घर परिवारले आफ्नो पार्टी त्यागेर नेशनल पिपल्स पार्टीमा सामेल भएको पार्टी सूत्रले जानकारी गराएको छ। ती पार्टीमा सामेल हुने सदस्यहरूलाई प्रार्थी भुटिया लगायत पार्टीका नेताहरूले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। आजको चुनावी सभामा नेशनल पिपल्स पार्टी अध्यक्ष देबेन्द्र दाहाल, महासचिव प्रेम शर्मा, 44 नम्बर समष्टि संयोजक विकल्प राई, उम्मेद्वार पेन्जो गम्पु भुटिया लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *