गैरीवासमा एमएम गुरूङको पूर्णाङ्ग सालिगको उद्घाटन

कालेबुङ : नेपाली लोक साहित्यका अभियन्ता एमएम गुरूङको पूर्णाङ्ग सालिगको आज गैरीवासमा जीटीए चेयरम्यान अनित थापाको बाहुलीबाट विधिवत रूपमा उद्घाटन गरियो। एमएम गुरूङ सालिग निर्माण समिति गैरीवासले आयोजना गरेको एमएम गुरूङको सालिग अनावरण अनि सङ्गीत गौरव सम्मान कार्यक्रममा नेपाली लोक साहित्यका अभियन्ता एमएम गुरूङको पूर्णाङ्ग सालिगको उद्घाटन प्रमुख अतिथि जीटीए चेयरम्यान अनित थापाको बाहुलीबाट गरियो।


पूर्णाङ्ग सालिग राखिएको ठाउँ गीताञ्जलि चौकलाई आजदेखि आधिकारिक रूपमा जीटीए चेयरम्यान अनित थापाले माइकल चौकको रूपमा घोषणा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *