गैरीवास स्कुलमा रक्तदान शिविरको आयोजना

गैरीवास (निस): कालेबुङ जिल्ला अन्तर्गत पर्ने गैरीबास हायर सेकेन्डरी स्कुलमा आज रक्तदान शिविरको आयोजना गरियो। गोर्खा च्यारिटेबल हस्पिटल, हिमालयन वेल्फेयर अर्गनाइजेसन अनि रोटेरी ब्लड ब्याङ्क सिलगढीको सहयोगमा सम्पन्न भएको रक्तदान शिविरमा स्कुलका प्रधान अध्यापक पदम सुवेदी, सह-शिक्षक एनबी छेत्री, सह-शिक्षक दिवस गुरुङ लगायत मोठ 67 जनाले स्वेच्छा अनुसार रक्तदान गरे।


यस अवसरमा च्यारिटेबल हस्पिटल साङ्गठनिक समिति महासचिव सुरेन प्रधानले बताए अनुसार यदि अन्य कुनै पनि स्कुलहरुले रक्तदान शिविरको आयोजना गर्न चाहे आफुहरूसित सम्पर्क गर्न सक्ने बताए। तिनले भने, गैरीबास हायर सेकेन्डरी स्कुलले आज नानीहरूलाई जुन पुण्यको बाटो देखाए, त्यो साच्चै सराहनीय छ। हाम्रा नानीहरूलाई सानै उमेरदेखि यस्तो राम्रो काम सिकाउन सके हाम्रो समाज भोलीको दिनमा अवश्य राम्रो हुनेछ। तिनले शिविरको आयोजना गरेकोमा स्कुलका सम्पूर्ण शिक्षक-शिक्षिकालाई संगठनको तर्फबाट धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *