गैर कानुनी रूपमा टिकट बिक्री गरेको आरोपमा रेलवेद्वारा क्याफेमा चलाइयो अभियान

सिलगढी : गैर कानुनी रूपमा रेलको तत्काल टिकट बिक्री गरेको अभियोगमा सिलगढीको लेकटाउनस्थित एउटा क्याफेमा रेलवे भिजिलेन्स टीमले अभियान चलाए। आज बिहान रेलवे पुलिस र न्यु जलपाईगढी थाना पुलिसको उपस्थितिमा उक्त अभियान चलाइएको हो। यस अभियान अवधि रेलवे अधिकारीहरूले उक्त क्याफेको कम्प्युटरलगायत अन्य कागजपत्रहरूको छानबीन गरे। उक्त क्याफेमा केही दिन अघिदेखि गैर कानुनी रूपमा ट्रेनको तत्काल रिजर्भेसन टिकट बिक्री गर्ने गरेको आरोप रहेको छ। यसबारे रेलवे विभागमा धेरैपल्ट अभियोग गरिएकोले गर्दा नै आज उक्त क्याफेमा रेलवे भिजिलेन्स टीमले अभियान चलाउनको साथै क्याफेका मालिक पङ्कज कर्मकारलाई हिरासतमा लिएको बताइएको छ। यसको साथै एउटा कम्प्युटर, ल्याबटप, विभिन्न कागजपत्रलगायत ट्रेनको टिकटहरू रेलवेले आफ्नो नियन्त्रणमा लिएको छ। यस विषयमा पङ्कजकी दिदी भारती कर्मकारले आफ्नो भाईसँग रेलवेको तत्काल टिकट बिक्री गर्ने लाइसेन्स रहेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *