गैर सरकारी बसहरूमा एनबीएसटीसीको झैँ रङ्ग लगाएकोले भ्रमित छन् यात्रीहरू

सिलगढी : रङ्ग एउटै तर नाममा केही फरक रहे तापनि आँखाको भुलले गर्दा धेरैजना यात्रीहरूले सरकारी बस सम्झेर प्राइभेट बसमा चढ्ने गर्दछन् भने भाडा पनि बेसी दिनुपर्दछ। उक्त समस्या नयाँ होइन, गैर सरकारी बसहरूमा एनबीएसटीसी-को बसको झैँ रङ्ग गरेर सडकमा कुदाउने गरेकोले यात्रीहरूले एनबीएसटीसी-को बस सोचेर उक्त गैर सरकारी बसमा चढेपछि भाडा अधिक दिनुपरेको यात्रीहरूको गुनासो रहेको छ। यसबारे धेरैपल्ट गैर सरकारी बसका मालिकहरूलाई सतर्क गराए तापनि कुनै फाइदा भएको नभएको बताइएको छ। एनबीएसटीसी-को नामको ठाउँ कसैले एनबीएससीटी र कसैले एनएसटीसी लेख्ने गरेकोले गर्दा यात्रीहरू कन्फ्युज भएर गैर सरकारी बसलाई सरकारी बस सम्झेर चढ्ने गर्दछन्। यसले गर्दा एनबीएसटीसीलाई समेत नोक्सान भइरहेको एनबीएसटीसी सूत्र मार्फत् थाहा लागेको छ। यस विषयमा जिल्लाशासकलाई अवगत गराएपछि आगामी दिनमा परमिट नवीनीकरण गर्ने समयमा गैर सरकारी बसका मालिकहरूलाई बसको रङ्ग बद्लिने निर्देश दिइने आश्वासन दिएको एनबीएसटीसी-का चेयरम्यान पार्थ प्रतीम रायले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *