गैर सरकारी अङ्ग्रेजी विद्यालय संगठनद्वारा बीडीओ-लाई ज्ञापन

नगरकट्टा: उत्तर बङ्गालको गैर सरकारी अंग्रेजी विद्यालय संगठनद्वारा आज नगरकट्टा खण्ड कार्यालयमा खण्ड विकास अधिकरीलाई लकडाउनको अवधीको मासिक शुल्क बाहेक अन्य विविध शुल्कहरु नलिइने लगायत 5 सुत्रीय विषयमा एउटा ज्ञापन बुझाएको छ। पाँच सुत्रीय मागमा अतिरिक्त शुल्क नलिइने, तीन महिना अवधीको स्कुल फीस-लाई किस्तीको हिसाबमा बुझाउनु सक्ने अनि यातायात, खेल, कम्प्युटरको शुल्क भने माफ गरिने बताइएको छ।


यदि कुनै  अभिभावक शुल्क तीर्न असक्षम बने स्कुलमा जानकारी गराए स्कुल पक्षले यसको निम्ति कुनै निर्णय लिइने पनि जनाएको छ। स्कुलले अहिले पनि अनलाइन क्लास गराइरहेको कारणले शिक्षकहरुको वेतनको निम्ती पनि अभिभावकहरुद्वारा यो स्कुल फी चाहिं लिइएको नर्थ बेङ्गल प्राइभेट इङ्लिस स्कुल अर्गनाइजेसन वेल्फेयर एसोसिएसन-का नगरकट्टा ब्लक सभापति मनोज दाहालले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *