गैर सरकारी संस्था क्राई-द्वारा पूर्व दसैं उत्सव पालन

खरसाङ (निसं) : गैर सरकारी संस्था क्राई रोहिणीले आज पूर्व दसैं  उत्सव मनाए। स्वयंसेवी शिक्षिका पूजा कालिकोटे र शिल्पकार मुनु बर्मनको सहयोगमा बाल-बालिकाले पराल, माटो, बाँस, पाताको धागो र रङ जस्ता जैविक उत्पादनहरू प्रयोग गरेर दुर्गा माताको मूर्ति बनाउन सिकेका थिए। रोहिणी चिया बगानले यस वर्ष पर्यावरण मैत्री दशैं मनाउने, गरिबलाई सहयोग गर्ने र हाम्रो मातृ प्रकृतिलाई हानी पुर्याउने वस्तुको प्रयोग नगर्न र एकताको साथमा दसैं मनाउने सन्देश दिएको छ। चिया बगानका बाल-बालिकाहरू प्रतिको राम्रो पहलका लागि समाजसेवी जसन्त थापाले सम्पूर्ण एनजीओ टोलीलाई धन्यवाद दिए र आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनेछन् भनी शुभकामना दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *